बैतडी- पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले महाकाली करिडोरको काम चाँडै सम्पन्न हुने बताएका छन ।
दार्चुलाको गोकुलेश्वरमा लोकतान्त्रीक बाम गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले महाकाली करिडोरको काम छिटो भन्दा छिटो सम्पन्न हुने बताएका छन् ।
यस्तै गोकुलेश्वर विमानस्थल निर्माण कार्य,नौगाड र चमेलिया नदिमा तटबन्ध पनि चाँडै गरिने गरिने उनले बताए । गोकुलेश्वर कृषि क्याम्पसको स्तरोन्ती र प्रदेश गौरबका आयोजानको काम समयमै सम्पन्न गरिने उनले बताए ।गोकुलेश्वर विमानस्थल निर्माण कार्य समयमै सम्पन्न गरिने उनको भनाई थियो ।
यस्तै दार्चुला थुप्रै सम्भावना बोकेको जिल्ला रहेको भन्दै प्रचण्डले यहाँको विकासका लागि आफु प्रतिबद्ध रहेको बताए । कृषि, शिक्षा, पर्यटनको विकासका लागि पार्टी र गठबन्धन लागि पर्ने उनले बताए ।




