Sagun Khabar
भारत संग पहल गरेर झुलाघाटमा मोटरेबल पुल बनाउने देउवाको ठोकुवा 

बैतडी - प्रधानमन्त्री देउवाले झुलाघाटमा मोटरेबल पुल बनाउने ठोकुवा गरेका छन् । बैतडीको  पाटन खुल्ला मञ्चमा लोकतान्त्रीक बाम गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै काँग्रेस सभापति समेत रहेका प्रधानमन्त्री देउवाले भारत संग पहल गरेर झुलाघाटमा मोटरेबल पुल जसरि पनि बनाउने ठोकुवा गरेका हुन् । 

भारतीय  समकक्षी  संग  कुरा गरेर  झुलाघाटमा पुल बनाएरै  छोड्ने उनले  बैतडी बासीलाई  विश्वास  दिलाएका हुन् । यस्तै उनले पाटन नमूना सहरकाको काम अगाडी बढाइने  र  यहाँका धार्मीक  पर्यटकिय स्थलहरुको  विकास  गरिने बताए । 

पश्चिम सेति परियोजना लगायतका यहाँको विकास  र समृद्धि संग जोडिएका योजनाहरु अगाडी बढाएर विकास  गरिने  उनको  भनाई  थियो । यस्तै उनले  बैतडीका  बागीहरुलाइ उम्मेदवारी  फिर्ता  लिन अपिल गरेका छन् ।

 संविधानको  रक्षाका लागि भएको  गठबन्धन विरुद्ध गएर बागी  बन्नु  अत्यन्त दुख भएको  भन्दै  देउवाले  उम्मेदवारी  फिर्ताको लागि अपिल गरेका हुन् ।  उम्मेदवारी  फिर्ता  लिएर  गठबन्धनलाई  सघाउनु  पर्ने उनको  आग्रह थियो । 

प्रकाशित मिति: बुधबार, कात्तिक २३, २०७९  १६:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update