Sagun Khabar
बैतडीः चुनावी सभामा नेपाल आएनन्, देउवा र प्रचण्ड सम्बोधन गरेर  गए 

 बैतडी- बैतडी र  दार्चुलामा  लोकतान्त्रीक बामगठबन्धनले आयोजना गरेको  चुनावी आम सभामा  एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल आएका छैनन्। उनि कार्य व्यस्तताले  कार्यक्रममा आउन नपाएका बताइएको  छ ।  

चुनावी आम सभालाई तीनै  र्शीष नेताले सम्बोधन गर्ने कार्यक्रम रहेको  भएपनि  प्रधानमन्त्री  शेर बहादुर देउवा र  माओवादी  अध्यक्ष  पुष्पकमल दाहाल  प्रचण्डले  मात्रै  सम्बोधन गरेर गएका छन् । 

बैतडीका  गठबन्धन नेताहरुका अनुसार नेपाल कार्य व्यस्तताले बैतडी र दार्चुलाको कार्यक्रममा आउन नपाएका हुन् । गठबन्धनलाई  चुनाव जिताउने  माहोल तताउन आएका  देउवा र  प्रचण्डले  सूदूरपश्चिमलाई  अब प्राथमिकतामा रखोर  विकास हुने  दाबी  गरेका छन् । 

पछाडि परेका  यहाँका क्षेत्रहरुको  विकास  गरिने  उनिहरुको  भनाई  थियो । यहाँका लागि प्रथमिकताका साथ बजेट विनियोजन गरेर  विकास गरिने उनिहरुले  जनतालाई  आश्वासन दिएर  गएका छन् । 


 


 

प्रकाशित मिति: बुधबार, कात्तिक २३, २०७९  १७:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update