Sagun Khabar
सुदूरपश्चिममा भूकम्पपछि दुई सय बढी पराकम्प 

बैतडी –सुदूरपश्चिममा खप्तड राष्ट्रिय निकुञ्ज केन्द्रविन्दु बनाएर गएको भूकम्पपछि दुई सयभन्दा बढी पराकम्प गइसकेको छ । भूकम्पछि दुई सयभन्दा बढी पराकम्प गइसकेको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ । 

गएराति ९ बजेर ७ मिनेटमा ५ दशमलव ७, राति ९ बजेर ५६ मिनेटमा ४ दशमलव १ र आज बिहान २ बजेर १२ मिनेटमा खप्तड राष्ट्रिय निकुञ्ज केन्द्रविन्दु बनाएर ६ दशमलव ६ रेक्टर स्केलको भूकम्प गएको हो । लगातार तीनपटक एकै स्थानमा केन्द्रविन्दु बनाएर तीन ठुला भूकम्प गएका र तीबाहेक चार रेक्टर स्केलभन्दा मुनिका दुई सय बढी पराकम्प गइसकेका भूकम्प मापन केन्द्रले जनाएको छ । 

भूकम्पमका कारण घर भत्किँदा डोटीमा ६ जनाको मृत्यु भएको थियो भने धेरै घरमा क्षति पुगेको छ । भूकम्पछि पराकम्पनहरू आइरहेकाले सतर्क रहन भूकम्प मापन केन्द्रले आग्रह गरेको छ । भूकम्पको धक्का सुदूरपश्चिमका सबै जिल्लामा महसुस गरिएको थियो । 
 

प्रकाशित मिति: बुधबार, कात्तिक २३, २०७९  १८:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update