Sagun Khabar
एमालेका सुर्नया सचिव बोहरा माओवादी केन्द्रमा प्रवेश

बैतडी –नेकपा एमालेका सुर्नया गाउँकमिटि सचिव आनन्दसिंह बोहरा नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । चुनावको मुखैमा बोहराले आज माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । 

बैतडीको पाटनमा लोकतान्त्रिक बाम गठबन्धनले आयोजना गरेको चुनावी सभामा बोहराले एमाले परित्याग गरेर माओवादी केन्द्रमा प्रवेश गरेको बताएका हुन् । बोहरा २०७४ सालको स्थानीय तहको निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएर सुर्नया गाउँपालिका वडा नं ८ को वडा अध्यक्षमा निर्वाचित भएका थिए । निर्वाचित भइसकेपछि उनी फेरी एमालेमै फर्किएका थिए । 

यता एमालेले भने बोहरालाई कारवाही गरिसकेको जनाएको छ । स्थानीय चुनावदेखि नै पार्टीलाई असहयोग गरेको भन्दै बोहरालाई साधारण सदस्य समेत नरहने गरेर निष्कासन गरेको एमालेले जनाएको छ । 

यस्तै एमालेका पाटन नगर कमिटिका पूर्व अध्यक्ष खेमराज भट्टले एमाले परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । उनले पनि आजै कांग्रेसमा प्रवेश गरेको नेपाली कांग्रेसका नेता रमेश पाण्डेयले जानकारी दिए । 
 

प्रकाशित मिति: बुधबार, कात्तिक २३, २०७९  १८:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update