Sagun Khabar
बैतडीमा मतदान अधिकृत र सहायक मतदान अधिकृत तोकिए, २६ गते देखि तालिम 

बैतडी- बैतडीमा मतदान अधिकृत र सहायक मतदान अधिकृत तोकिएका छन् । आसन्न प्रतिनिधि र  प्रदेश सभा निर्वाचनका लागि २ सय १० ओटा मतदान केन्द्रमा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृत तोकिएका हुन् ।

२ सय १० ओटा मतदान केन्द्रमा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृत तोकिएका  जिल्ला निर्वाचन अधिकारी माधवप्रसाद फुँयालले जानकारी दिए । २ सय १० ओटै मतदान केन्द्रमा मतदान अधिकृत र सहायक मतदान अधिकृत तोकिएका र तालिम दिने तयारी भइरहेको उनले बताए । 

यहि कार्तिक २६, २७  र २८ गते मतदान अधिकृत र सहायक मतदान अधिकृतहरुका लागि तालिम सञ्चालनको तयारी भएको उनले बताए । उनका अनुसार पुर्चौडी नगरपालिका, सिगास गाउँपालिका र डिलाशैनी गाउँपालिकामा खटिनेको  तालिम २६ गते राखिएको  छ ।

यस्तै पञ्चेश्वर, शिवनाथ गाउँपालिका, मेलौली नगरपालिका,  सुर्नया गाउँपालिका र  पाटन नगरपालिकाको वडा नं  ७ , ९ र १० मा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतको तालिम २७ गते राखिएको  छ ।  यसै गरि २८ गते  पाटनको बाँकी  वडा, दोगडाकेदार  गाउँपालिका र दशरथचन्द नगरपालिकामा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतको  तालिम राखिएको हो । मतदान अधिकृत र सहायक मतदान अधिकृतको  तालिम बिरेन्द्र मावि साहिलेकमा हुने  बताइएको  छ । 

तालिमपछि उनीहरुलाई नियुक्ती दिएर कार्यस्थलमा खटाइने जिल्ला निर्वाचन अधिकारी फुँयालले बताए । निर्वाचनका लागि आवश्यक पर्ने निर्वाचन सामग्री पनि जिल्ला आइपुगेको निर्वाचन कार्यालय बैतडीलले जनाएको छ । 

प्रकाशित मिति: बिहीबार, कात्तिक २४, २०७९  १२:११
प्रतिक्रिया दिनुहोस्
Weather Update