बैतडीमा नेकपा एसका प्रदेश कमिटि सदस्य थापा एमालेमै फर्किए
बैतडी –नेकपा एकीकृत समाजवादीका प्रदेश कमिटि सदस्य रघुबीर थापा र जिल्ला कमिटि सचिवालय सदस्य बिष्णु पाण्डेले एमालेमै फर्किएका छन् । नेकपा एस गठन हुँदा एमालेबाट एकीकृत समाजवादीमा लागेका दुवै जना बिहीबार एमालेमै फर्किएका एमालेका दशरथचन्द नगर कमिटि सचिव मनोज बोहराले बताए ।
एमालेमा फर्किएका दुवै जनालाई एमालेबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार दामोदर भण्डारी र प्रदेश सभा (ख)का उम्मेदवार लिलाधर भट्टले स्वागत गरेका बोहराले बताए ।
चुनावको मुखमा दुवै जना एमालेमा फर्किएका हुन् । बैतडीमा एकीकृत समाजवादीले नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रसंग गठबन्धन गरेको छ ।
प्रकाशित मिति: बिहीबार, कात्तिक २४, २०७९ १७:३६
प्रतिक्रिया दिनुहोस्




