Sagun Khabar
बैतडीमा मेलौली धार्मिक सेवा समितिको आम्दानी तीन लाख बढी 

बैतडी –बैतडीको मेलौली नगरपालिकास्थित मेलौली धार्मिक सेवा समितिले ३ लाख बढी आम्दानी गरेको छ । यही कार्तिक २१ र २२ गते मेलौली भगवती मन्दिरमा लागेको जात्राबाट ३ लाख बढी आम्दानी भएको हो । 

मन्दिरमा परिसरमा राखिएका व्यापारिक स्टलबाट २ लाख ९२ हजार ७६ रुपैैंया र अन्य २७ हजार ६ गरी ३ लाख १९ हजार ६ सय ७६ रुपैंया आम्दानी भएको मेलौली धार्मिक सेवा समितिका अध्यक्ष जगदीशसिंह नायकले जानकारी दिए । मेला अवधिभर मन्दिर परिसरमा राखिएका पसलबाट मुख्य रुपमा आम्दानी भएको उनले बताए । 

मेलौली भगवती मन्दिरको जात्राका समयमा मन्दिर परिसर भित्र पसल राख्नेबाट शुक्ल लिने गरिएको छ । आम्दानीको विवरण सार्वजनिक गरिएको भएपनि खर्चको विवरण भने सार्वजनिक गर्न बाँकी रहेको छ । 

गत बर्षको मेलामा भने ३ लाख ३५ हजार ९ सय २८ रुपैया आम्दानी भएको थियो । मेलौली भगवती मन्दिरमा लागेको मेलालाई शान्तपूर्ण रुपमा सम्पन्न गर्न सहयोग गरेको भन्दै समितिले सबैलाई धन्यवाद समेत ज्ञापन गरेको छ । 
 

प्रकाशित मिति: शुक्रबार, कात्तिक २५, २०७९  १३:११
प्रतिक्रिया दिनुहोस्
Weather Update