Sagun Khabar
सुदूरपश्चिममा २२ अस्थायी मतदान केन्द्र (सूची सहित) 

बैतडी –मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको समानुपातिकतर्फको मतदान प्रक्रियाका लागि निर्वाचन आयोगले सुदूरपश्चिममा २२ वटा अस्थायी मतदान केन्द्र तोकेको छ । 

आयोगले अस्थायी मतदाताहरूका लागि सुदूरपश्चिमका ९ वटै जिल्लामा अस्थायी मतदान केन्द्र तोकेको हो । आयोगले मतदान केन्द्र तोकेसँगै अस्थायी मतदाताले मतदान गर्न सक्ने संविधानमा भएको व्यवस्था पहिलो पटक कार्यान्वयनमा आएको छ । 

मतदान केन्द्रमा खटिने कर्मचारी र सुरक्षाकर्मीले खटिएकै केन्द्रमा मतदान गर्न सक्नेछन् । अस्थायी मतदाता हुनको लागि अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको हुनुपर्ने कानूनी व्यवस्था छ । 

अस्थायी मतदान केन्द्रमा अस्थायी मतदाता नामावालीमा नाम भएकाले मतदान गर्न पाउने जिल्ला निर्वाचन कार्यालय बैतडीका प्रमुख माधवप्रसाद फुँयालले जानकारी दिए । बैतडीको हकमा जिल्ला कारागारमा अस्थायी मतदान केन्द्र राखिएको उनले बताए । 

Asthai matdan kendra1668152425.jpg

प्रकाशित मिति: शुक्रबार, कात्तिक २५, २०७९  १३:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update