बैतडीको पाटन–४ का ग्रामीण सडक सुचारु
बैतडी –बैतडीको पाटन नगरपालिका –४ स्थित ग्रामीण सडकहरु सुचारु गरिएका छन् । बर्षातको समयमा बिग्रेका सडकहरु वडा कार्यालयका तर्फबाट सफाइ गरेर सञ्चालनमा ल्याइएको वडा अध्यक्ष दीपकसिंह बिष्टले बताए ।
वडाभित्र रहेका बगाडी–सौलहाल्ला, बगाडी–चिल्लेपानी, बकुल्ला–चिल्लेपानी, चुच्चाई–खोल्सी, सिउडे–देवीनगर–बिजुल, तोली –पाखाधार लगायतका सडक सफाइ गरेर सञ्चालनमा ल्याइएको उनले बताए । सडकमा खसेको पहिरो पन्छ्याएपछि सडक सुचारु भएका छन् ।
बर्षातको समयमा बिग्रेका सडक सञ्चालनमा आएपछि स्थानीयबासीहरुलाई समेत सहज भएको छ । करीब ३ लाख ५० हजारको लागतमा वडाभरी ४० किलोमिटर सडक सफाइ गरिएको वडा कार्यालयले जनाएको छ ।
प्रकाशित मिति: शुक्रबार, कात्तिक २५, २०७९ १७:००
प्रतिक्रिया दिनुहोस्




