बैतडीको सिगास गाउँपालिकाकी एक महिला कर्मचारीको भीरबाट लडेर मृत्यु
बैतडी –बैतडीको सिगास गाउँपालिकामा कार्यरत एक महिला कर्मचारीको भीरबाट लडेर मृत्यु भएको छ । गाउँपालिकामा कम्प्युटर अपरेटर पदमा कार्यरत अन्दाजी २८ बर्षीय सरस्वती धामी बोहराको खर काट्ने क्रममा भीरबाट लडेर मृत्यु भएको सिगास गाउँपालिकाका प्रवक्ता अमरसिंह धामीले जानकारी दिए ।
सिगास गाउँपालिका ८ लुपुँड घर भएकी सरस्वतीको घर नजिकैको खर फागलमा खर काट्ने क्रममा शनिबार दिउँसो लडेर मृत्यु भएको प्रवक्ता धामीले बताए । भीरबाट लडेकी उनको घटनास्थलमै मृत्यु भएको छ ।
सरस्वती डेढ महिना अघिमात्रै गाउँपालिकाको कम्प्युटर अपरेटर पदमा नियुक्त भएकी थिइन् ।
प्रकाशित मिति: शनिबार, कात्तिक २६, २०७९ १७:२१
प्रतिक्रिया दिनुहोस्




