Sagun Khabar
सुदूरपश्चिममा भूकम्पको धक्का महसुस 

बैतडी –सुदूरपश्चिममा भूकम्पको धक्का महशुस गरिएको छ । शनिबार राति ८ बजेर १४ मिनेटमा बैतडी लगायत सुदूरपश्चिमका धेरै ठाउँमा भूकम्पको धक्का महसुस गरिएको हो । बझाङको पाटादेवल केन्द्र बिन्दू बनाएर ५ दशमलव ४ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ । 

यो भूकम्प मंगलबार राति डोटीमा गएको भूकम्पकै पराकम्प भएको भूकम्पविद् बलबहादुर तामाङले बताए । बझाङ, कैलाली, कञ्चनपुर लगायतका जिल्लामा भूकम्पको धक्का महशुस गरिएको जनाइएको छ । डोटी भूकम्पपछि अहिले सम्म ४ सय २८ बढी पराकम्प गईसकेका छन् । पश्चिमी क्षेत्रमा भूकम्पको जोखिम कायमै रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ । 

भूकम्पबाट भएको क्षतिको विवरण भने आउन बाँकी रहेको छ ।  
 

प्रकाशित मिति: शनिबार, कात्तिक २६, २०७९  २०:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update