Sagun Khabar
बैतडीमा भूकम्प आएको बेला घर बाहिर निस्किँदा एकजनाको लडेर मृत्यु 

बैतडी –बैतडीमा भूकम्प आएको बेला  घर बाहिर निस्किँदा एकजनाको मृत्यु भएको छ । भूकम्पको धक्का महसुस भएका बेला भाग्ने क्रममा घरको सिँढीबाट लडेर जिल्लाको डिलाशैनी गाउँपालिका १ सेल्तडाका ६६ बर्षीय हरि लुहारको मृत्यु भएको हो । 

शनिबार राति ८ बजेर १२ मिनेटमा भुकम्प आएको र सोही बेला बाहिर भाग्ने क्रममा लडेर घाइते भएका लुहार राति ११ बजे मृत्यु भएको स्काउट डिलाशैनीका संयोजक तेजराज जोशीले बताए । 

भूकम्प आएपछि भाग्ने क्रममा लुहारको मृत्यु भएपछि मृतकका परिवारलाई गाउँपालिका र अन्य सहयोगी निकायका तर्फबाट किरिया खर्च र अन्य सामग्री प्रदान गरिएको छ । 

गाउँपालिका अध्यक्ष सन्तोषप्रकाश जोशी, उपाध्यक्ष भगीरथ बोहरा लगायतको टोली मृतकको घरमै पुगेर मृतकका परिवारलाई २० हजार किरिया खर्च हस्तान्तरण गरिएको जोशीले बताए । 

यस्तै नेपाल रेडक्रस सोसाइटी, स्काउट लगायतका संघसंस्थाहरुले मृतकका परिवारलाई केही खाद्यान्न सामग्री सहयोग गरेको जोशीले बताए । 
 

प्रकाशित मिति: आइतबार, कात्तिक २७, २०७९  १२:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update