बैतडीमा रुखबाट लडेर एक महिला घाइते
बैतडी –बैतडीमा रुखबाट लडेर एक महिला घाइते भएकी छन् । जिल्लाको डिलाशैनी गाउँपालिका वडा नं ६ चौंसेरा बस्ने २५ बर्षीया गौमती माल स्याउला काट्ने क्रममा बगौनाको रुखबाट लडेर घाइते भएकी जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
आइतबार दिउँसो डेढ बजेतिर घर नजिकै रहेको बगौनाको रुखमा गाईवस्तुका लागि स्याउला काट्ने क्रममा लडेकी मालको पेट, छाती र ढाडमा चोट लागेको बताइएको छ । उनको गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको छ ।
प्रकाशित मिति: आइतबार, कात्तिक २७, २०७९ १५:२४
प्रतिक्रिया दिनुहोस्




