बैतडी- बैतडीमा एमालेका वडा सहसचिवले पार्टी परित्याग गरेका छन् । जिल्लाको पाटन नगरपालिका १ का वडा कमिटि सहसचिव राज बहादुर चन्दले एमाले पार्टी परित्याग गरेका हुन् ।
एमाले परित्याग गरेका उनी माओवादी केन्द्रमा प्रवेश गरेका छन् । आइबतार विज्ञप्ती जारी गर्दै चन्दले एमाले पार्टीले दिएको जिम्मेवारीबाट अलग भएर र माओवादी केन्द्रमा प्रवेश गरेको जनाएका छन् । जनतालाई झुटा आश्वासन दिएको, अपवाह फैलाएको, समाजिक विकासको काम नभएको भन्दै एमाले त्यागेर माओवादी केन्द्रमा प्रवेश गरेको उनले जारी गरेको विज्ञप्ती उल्लेख छ ।
पछिल्लो समय बैतडीमा दलबदल गर्नेहरुको लहर लागेको छ । एमाले गठबन्धका पक्षमा रहेकालाई तान्दै छ भने गठबन्धन एमालेमा रहेकालाई आफनो पक्षमा ल्याइरहेको छ । बैतडीमा गठबन्धन र एमाले बिच रोचक प्रतिस्पर्धाको आँकलन पनि गरिएको छ । अहिले राजनितीक दल र उम्मेदवारहरु चुनाव जित्ने योजनाका साथ प्रचारप्रसारमा होमिएका छन् ।




