Sagun Khabar
सुदूरपश्चिमका उच्च पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

बैतडी- सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ । मौसमविदहरुका अनुसार आज प्रदेश नं १, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा आज हल्का वर्षा र हिमपातको सम्भावना रहेको हो ।

प्रदेश नं १, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसमविद् वरुण पौडेलले बताए  ।

पश्चिमी वायु सक्रिय भएसँगै चिसो बढ्न थालेको छ । आज पहाडी र हिमाली क्षेत्रको मौसम आंशिकदेखि सामान्य बदली हुने अनुमान छ । आज पहाडी र हिमाली क्षेत्रको मौसम आंशिकदेखि सामान्य बदली भए पनि तराईका जिल्लामा भने पारिलो घाम लाग्ने मौसमविद्को भनाइ छ । 

प्रकाशित मिति: सोमबार, कात्तिक २८, २०७९  ०७:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update