Sagun Khabar
एक बर्ष पछि पायो  केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीले  डाक्टर 

बैतडी- बैतडीको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीले एमबिबिएस डाक्टर पाएको छ । नगरपालिकाले नियुक्त गरेका डाक्टर पढ्न गएपछि एक बर्ष देखि डाक्टर विहिन बनेको  प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीले बल्ल अहिले एमबिबिएस डाक्टर पाएको हो ।

प्राथमिक स्वास्थ्य केन्द्रमा डाक्टर सन्जिन केसी आइपुगेका  मेलौली नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख नारायण बहादुर चन्दले जानकारी दिए ।  स्वास्थ्य केन्द्रको लागि नगरपालिकाले आह्वान गरेको विज्ञापनमा  एमबिबिएस चिकित्सक छनौट गरेको उनले बताए ।

मेडिकल अधिकृतको दरबन्दी रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा डाक्टर नहुँदा धेरै समस्या भइरहेकोमा अब मेडिकल अधिकृत आएकाले नागरिकहरुलाई उपचारका लागि सहज हुने अपेक्षा गरिएको स्वास्थ्य शाखा प्रमुख चन्दले बताए । प्राथमिक स्वास्थ्य केन्द्रबाट डाक्टर सन्जिन केसीले सेवा दिने  बताइएको  छ ।

डाक्टर केशीले सोमबार आज देखि सेवा सुरु गरेका छन् ।डाक्टर केसीले २०८० बैशाख अन्तिमसम्मको करार नियुक्त पाएका हुन । प्राथमिक स्वास्थ्य केन्द्रमा चिकित्सक आएसँगै रोकिएका एक्सरे, इसिजी, अल्ट्रासाउंड,पोष्टमार्टम लगायतका सेवाहरु सञ्चालनमा आएका स्थ्य केन्द्रका जनस्वास्थ्य निरीक्षक मुकेशकान्त दयालले बताए ।

नगरपालिकाको लामो प्रयासपछि प्राथमिक स्वास्थ्य केन्द्रले डाक्टर पाएको मेलौली नगरपालिकाका प्रमुख भीम बहादुर चन्दले बताए । अब मेलौली नगरपालिका मात्रै नभइ  पञ्चेश्वर र शिवनाथ गाउँपालिकाका नागरिकहरुले पनि एमबिबिएस डाक्टरबाट सेवा पाउने  भएका छन् । तल्लोसोराड क्षेत्रको रेफरल सेन्टरको रुपमा रहेको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा बेलाबेला चिकित्सकको अभाव हुने गरेको छ । 

प्रकाशित मिति: सोमबार, कात्तिक २८, २०७९  ०९:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update