Sagun Khabar
बैतडीको गुजर माविमा खरिदार भट्टले गरे अक्षय कोष स्थापना  

बैतडीको- आमा बुवाको  स्मृतिमा  बैतडीको एक विद्यालयमा  अक्षय कोष स्थापना गरिएको   छ ।  जिल्लाको  पाटन नगरपालिका वडा नं  ३  बाटुली  बस्ने खरिदार  तर्क  राज भट्टले  वडाकै गुजर माविमा ३३  हजार ३ सय ३३ रुपैँयाको सुन्दर धाना स्मृति छाात्रवृत्ति नामक  अक्षय कोष स्थाना गरेका  हुन् । 

सोमबार  विद्यालयमा एक कार्यक्रमको आयोजना गरेर  भट्टले अक्षय कोष स्थापना गरेका हुन् । अक्षय कोष स्थापना गरेका भट्टले आजै तीन जना विद्यार्थीहलाई सोहि कोषबाट यो वर्षको छात्रवृत्ति  समेत प्रदान गरेको बताए । 

यो वर्षको  सुधा स्मृति कोषबाट कक्षा १० मा अध्यानरत ओम प्रकाश अवस्थी, कक्षा ४ मा अध्यानरत सुरज लुहार र कक्षा ८ मा अध्यानरत कलावती विष्टलाई छात्र वृत्ति प्रदना गरिएको  छ । गरिब जेहेनदार विद्यार्थी र टुहुरा बालबालिको पठनपाठनमा सहज होस भने आफुले आमाबुवाको  समझनामा अक्षय  कोष स्थापना गरेको  उनले  बताए ।

स्थापना गरिएको अक्षय कोषबाट प्रत्येक वर्ष विद्यालयका गरिब, विपन्न, जेहेन्दार, र टुहुरा बालबालिका लाई छात्रवृत्ति प्रदना गरिने जनाइएको छ । भट्ट पाटन नगरपालिकामा खरिदारको रुपमा कार्यरत छन् । विद्यालयमा स्थापना गरिएको अक्षय कोषले टुहुरा बालबालिकाहरुलाई शिक्षा प्राप्तिमा सहज हुने विश्वास गरिएको छ । 

प्रकाशित मिति: सोमबार, कात्तिक २८, २०७९  १२:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update