Sagun Khabar
बैतडीको  पञ्चेश्वर  गाउँपालिकामा भोलि सार्वजनिक बिदा 

बैतडी- बैतडीको  पञ्चेश्वर  गाउँपालिकाले  भोलि सार्वजनिक बिदा दिएको  छ । गाउँपालिकाले  वडा नं ४ आमचौरा स्थित प्रसिद्ध  कैलपाल धुरामा लाग्ने  मेलाका लागि  भोलि सार्वजनिक बिदा दिएको  हो ।

गाउँपालिकाले  सोमबार  एक सूचना जारी गरेर आमचौरा स्थित प्रसिद्ध  कैलपाल धुरामा लाग्ने  मेलाका लागि कार्तिक २९ गते  सार्वजनिक बिदा दिएको  जनाएको  छ ।

भोलि २९ गते  गाउँपालिका भित्रका  सरकारी तथा गैर  सरकारी संघ संस्था , शिक्षण संस्थामा बिदा दिइएको पञ्चेश्वर गाउँपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत  मनोज जोशीले बताए । 

pancheshor1668410193.jpg

 

प्रकाशित मिति: सोमबार, कात्तिक २८, २०७९  १२:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update