Sagun Khabar
बैतडीमा  २६ वर्ष  सेवा दिएकी महिला स्वास्थ्य स्वयमसेविका भट्टको  बिदाइ 

बैतडी- बैतडीको पाटन नगरपालिका १० स्थित  सिद्धपुर स्वास्थ्य चौकिका महिला स्वास्थ्य स्वयमसेविका भट्टको बिदाइ  गरिएको छ । बिगत २६ बर्ष देखि महिला स्वास्थ्य स्वयमसेविका भएर काम गरेकी  हिरा भट्टलाई सोमबार एक कार्यक्रमको आयोजना   गरेर स-सम्मान बिदाइ गरिएको सिद्धपुर स्वास्थ्य चौकीका प्रमुख महेन्द्र बोहराले  बताए ।

उमेर हदका कारण अवकासमा परेका उनलाई  अबिर फूलमाला सहित सम्मान पत्र दिएर बिदाइ  गरिएको उनले बताए । महिला स्वास्थ्य स्वयमसेविका  भएर निस्वार्थ रुपमा उत्कृष्ट सेवा प्रदान गरेको  प्रति स्वास्थ्यचौकी परिवारले धन्यवाद ज्ञापन गरेको छ ।

पाटन १० बाडीखाना घर भएकी महिला स्वास्थ्य स्वयमसेविका भट्ट २०५३ साल देखि सिद्धपुर स्वास्थ्य चौकीमा कार्यरत थिइन् ।  

स्वयमसेविकाहरुले परिवार नियोजनबारेको चेतना, अस्थायी साधन वितरण, झाडापखाला, श्वासप्रश्वास सम्बन्धि रोगको प्राथमिक उपचार, खोप कार्यक्रम सञ्चालन, स्वास्थ्य शिक्षा प्रदान जस्ता काम गर्ने गर्दछन्  ।

बिदाइ  कार्यक्रममा वडा अध्यक्ष धनबहादुर  कुवँर,  निर्वतमान वडा अध्यक्ष देवेन्द्र  कुवँर , स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयमसेविका र अन्य  स्थानीयहरुको सहभागिता रहेको   थियो । 

प्रकाशित मिति: सोमबार, कात्तिक २८, २०७९  १५:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update