Sagun Khabar
दार्चुलाका एक पुरुष ३ किलो चरेससहित पक्राउ 
स्वास्थ्य सन्देश
Atrya hospital

दार्चुला-  कञ्चनपुरमा ३ किलो चरेससहित दार्चुलाका  एक जना समातिएका छन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले लागुऔषधसहित एक जनालाई पक्राउ गरेको हो।

कृष्णपुर नगरपालिका वडा नम्बर २ बाणीस्थित पैदल हिड्दै गरेका दार्चुला महाकाली नगरपालीका वडा नम्बर–९ दत्तलेक बस्ने ४१ वर्षीय नैनसिंह बोहरालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

उनको साथबाट ३ किलो २९६ ग्राम चरेस फेला परेको प्रहरीले बताएको छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

प्रकाशित मिति: सोमबार, कात्तिक २८, २०७९  १६:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update