बैतडी- निर्वाचनलाई ध्यानमा राखेर भारतसंग जोडिएका बैतडीका सीमा नाकाहरु तीन दिन बन्द हुने भएका छन् । प्रतिनिधि र प्रदेश सभा निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण एवं भयरहित बतावरणमा सम्पन्न गर्नका लागि मंसिर १ गते राती १२ बजे देखी सीमा नाका तीन दिन बन्द हुने जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ ।
प्रशासनले एक सूचना जारी गरेर मंसिर १ गते राती १२ बजे देखि मंसिर ४ गते राती १२ बजे सम्म सीमानाका बन्द हुने जनाएको छ । अन्तर्राष्ट्रिय नियम अनुसार नै चुनावको समयमा सीमा नाका बन्द गर्ने गरिएको प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले बताए ।
झुलाघाट नाका , जिल्लाको पञ्चेश्वर गाउँपालिका र शिवनाथ गाउँपालिका भित्र रहेका घाटहरुबाट चुनावको अवधिमा पूर्ण रुपमा आवतजावत बन्द गरिने उनले बताए । यो बिषयमा भारतीय अधिकारीहरुसंग समेत समन्वय भईसकेको बताइएको छ ।
1668493479.jpg)




