Sagun Khabar
प्रधानमन्त्री देउवा आज बैतडी आउँदै, शिवनाथको सुल्लेखानमा चुनावी सभा

बैतडी - प्रधानमन्त्री शेर बहादुर देउवा आज बैतडी आउँदै छन् । नेपाली काँग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री देउवा चुनावी सभालाई सम्बोधन गर्न बैतडी आउन लागेका हुन् ।

देउवाले सत्ता गठबन्धले  शिवनाथ गाउँपालिकाको सुल्लेखानमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको नेपाली काँग्रेस बैतडीका सचिव देव राज जोशीले जानकारी दिए । उनले दिउँसो १ बजे चुनावी सभालई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । यस्तै देउवा संगै नेकपा माओवादी केन्द्रका सुदूरपश्चिम प्रदेश इन्चार्ज खगराजा भट्ट पनि  बैतडी आउने बताइएको छ । 

देउवा संगै माओवादी नेता भट्टले पनि चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको सचिव जोशीले  बताए । देउवा सुल्लेखान आउने भएपछि कार्यक्रमको  तयारी पुरा भएको उनले बताए । यसअघि पनि देउवा बैतडीमा चुनावी सभालाई सम्बोधन गरेर गएका थिए । पूर्व प्रधानमन्त्री एवं माओवादी  केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्ड र उनले कार्तिक २३ गते पाटनको चुनावी सभलाई  सम्बोधन गरेका थिए ।

देउवा आउने भएपछि सत्ता गठबनधन्का साँझा उम्मेदवार र गठबन्धनका सबै नेता कार्यकर्ता  अहिले शिवनाथमा छन् । मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावको प्रचारप्रसारका लागि देउवा फेरि सुदूरपश्चिम आएका हुन् । देउवाले बुधबार बिहान साढे ११ बजे डडेल्धुराको अजयमेरु गाउँपालिकाको देवल पार्कमा आयोजना हुने चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम छ । सो कार्यक्रम सम्बोधन पछि देउवा बैतडीको  शिवनाथमा आउने छन् । 

प्रकाशित मिति: बुधबार, कात्तिक ३०, २०७९  ०७:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update