बैतडी- बैतडीका उम्मेदवारहरुले चुनावी अभियान अन्तिमतिर पुर्याएका छन् । भोलि १ गते राती देखि मौन अवधि सुरु हुने भएपछि यहाँका उम्मेदवारले चुनावी अभियान अन्तिमतिर पुर्याका हुन् ।
मंसिर ४ मा हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनका लागि अहिले उम्मेदवारहरु मतदातालाई रिझाएर विजयी हासिल गर्न सबै प्रयास थालिरहेका छन् । उम्मेदवारहरु मत माग्न गाउँमै रहेका छन् । अहिले उम्मेदवारहरु आफ्ना बचाउने र अरुको मत खोस्ने रणनीतिमा जुटेका छन् ।
भोलि रातीबाट मौन अवधि सुरु हुने भएपछि घरदैलो र चुनावी कार्यक्रममा व्यस्त रहेका उम्मेदवाहरुले बताएका छन् । उम्मेदवारहरुले अहिले एकै दिनमा तीनचार वटा कार्यक्रममा समेत सहभागी हुने गरेका छन् । चुनाव आउन ४ दिन मात्र बाँकी रहेकाले गाउँगाउँमा रहेर मतदातासँगको भेटघाट तीव्र पारिएको एमालेका नेताहरुले ने बताए ।
सत्ता गठबन्धनले भेटघाट र सभामा ध्यान दिएको माओवादी केन्द्रका जिल्ला संयोजक संकर भण्डारीले बताए । यस्तै राष्ट्रि प्रजातन्त्र पार्टी राप्रपा, राप्रपा नेपाल र स्वतन्त्र उम्मेदवारहरुले पनि घरदैलो कार्यक्रममा व्यस्तता बढेको बताएका छन् । राजनितीक दलका नेता र उम्मेदवार अन्तिम समयमा चुनावी सेटिङ मिलाउन व्यस्त रहेका छन् । अहिले उम्मेदवारलाई दैनिक चुनावी कार्यक्रम सम्पन गर्न भ्याइनभ्याइ छ ।
नेताहरुको पनि आफ्ना उम्मेदवार जिताउन आमसभालगायतका कार्यक्रममा व्यस्तता बढेको छ । संघका लागि एक र प्रदेशका लागि २ ओटा निर्वाचन क्षेत्र भएको बैतडीमा २२ जना उम्मेदवार चुनावी मैदानमा छन् । बैतडीमा प्रतिनिधि सभा सदस्यका लागि लोकतान्त्रिक बाम गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका पोलिट्ब्युरो सदस्य नरेन्द्रबहादुर कुँवर (विजयसुन्दर) चुनावी मैदानमा छन् । यस्तै एमालेका तर्फबाट एमालेका प्रदेश कमिटि अध्यक्ष दामोदर भण्डारी चुनावी मैदानमा छन् ।
यस्तै काँग्रेसका बागी केशवबहादुर चन्द पनि चुनावी मैदानमा उत्रिएका छन् । यस्तै राप्रपाबाट देवबहादुर चन्द, स्वतन्त्रबाट त्रिलोकबहादुर चन्द, नेश्नलिष्ट पिपल्स पार्टीबाट कृष्णबहादुर चन्द, राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रकाशचन्द्र भट्ट, नेपाल मजदुर किसान पार्टीबाट कृष्णप्रसाद गोँसाई, जनता समाजवादी पार्टीबाट आनसिंह भण्डारी र स्वतन्त्रबाट मानसिंह बिष्ट चुनावी मैदानमा छन् ।
यस्तै प्रदेश सभा ‘क’ मा एक जना स्वतन्त्र सहित ६ जना चुनाव लडिरहेका छन् भने प्रदेश सभा ‘ख’ मा ५ जना चुनावी मैदानमा छन् । उम्मेदवारले भोलि राती १२ सम्म मात्र चुनावी प्रचारप्रसार गर्न पाउने छन् । निर्वाचन हुनुभन्दा ४८ घन्टा अघिबाट निर्वाचन प्रचारप्रसारसँग सम्बन्धित कुनै पनि गतिविधि गर्न नपाइने बैतडीका सहायक निर्वाचन अधिकृत तिर्थ राज अचार्यले बताए । मंसिरको १ गते राति १२ बजेबाट निर्वाचनको प्रचारप्रसारसम्बन्धी सम्पूर्ण काम निषेध हुने उनले बताए ।




