Sagun Khabar
बैतडीः अनलाइन कविता प्रतियोगिता हुने 

बैतडी- बैतडीको केदारेश्वर किशोर किशोरी समूहले  अनलाइन कविता प्रतियोगिता गरिरहेको छ ।मेलौली नगरपालिका वडा नं  २ दुर्गास्थानमा गठित केदारेश्वर किशोर किशोरी समूहले  अनलाइन कविता प्रतियोगिता गरिरहेको हो ।

केदारेश्वर किशोर किशोरी समूह र नवसर्जक साहित्य चौतारी नेपाल सुदूरपश्चिम प्रदेश समितिको संयुक्त आयोजनामा “वर्तमानमा जलवायु परिवर्तन र भविष्य “विषयक कविता प्रतियोगिता आयोजना गरिरहेको नवसर्जक साहित्य चौतारी नेपाल सुदूरपश्चिम प्रदेश कार्य समिति  सचिव प्रकाश बडुले जानकारी दिए ।

बालबालिकालाई  साहित्य तर्फ डोर्याएर साहित्यको  विकासका लागि प्रतियोगिता  आयोजना गरिएको उनले बताए । प्रतियोगितामा १८ वर्ष भन्दा मुनिका बालबालिकाहरुले  सहभागिता जनाउन पाउने  छन् । प्रततियोगितामा नगद  पुरस्कारको  पनि व्यवस्था गरिएको  छ । कविता  प्रतियोगितामा प्रथम हुनेलाई  २५ सय, द्धितियलाई २ हजार र तृतिय स्थान हासिल गर्नेलाई १५ सय प्रदान गरिने बताइएको छ । 

कविता प्रतियोगितामा भाग लिन मंसिर ६ गते सम्मको समय तोकिएको सचिव बडुको भनाई छ । बडुका अनुसार मंसिर ६ गते सम्म प्रतियोगितामा भाग लिनेहरुले कविता वाचन गरेको  भिडियो पठाउनु पर्ने छ । भिडियो नवसर्जक साहित्य चौतारी नेपाल सुदूरपश्चिम प्रदेश समितिको जिमेल एडरस नव सर्जक एडदरेट जीमेल डटकम ([email protected]) मा पठाउनु पर्ने छ ।

यस्तै ७ गते  पठाएका सो  कविताहरु फेसबुक पेजमा राखिने र १० गते देखि १७ गते  सम्म पोष्ट भएका कविताहरुको लाइक कमेन्ट गणना गरिने बताइएको छ । २३ गते भुर्चुअल बैठक बस्ने र त्यो दिन पनि सहभागिालाई प्रत्यक्ष रुपमा कविता वाचन गर्न लगाएर २४ गते नतिजा प्रकाश गरिने नवसर्जक साहित्य चौतारी नेपाल सुदूरपश्चिम प्रदेश कार्य समिति सचिव बडुले बताए ।

 केदारेश्वर किशोर किशोरी समूहले  बालिबालिकाको व्यक्तित्व विकास लागि कार्यक्रममा साथै  सामाजिक कामहरु गर्दै  आएको   छ।  

प्रकाशित मिति: बुधबार, कात्तिक ३०, २०७९  १०:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update