मालपोत कार्यालय बैतडीका सेवा स्थगन
बैतडी- मालपोत कार्यालय बैतडीका सेवा स्थगन भएका छन् । कार्यालयका कर्मचारी आम चुनावमा खटिएपछि केहि दिनका लागि सेवा स्थगन भएका हुन् ।
कर्मचारी मंसिर ४ मा हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनका लागि मतदान केन्द्रमा खटिए पछि सेवा प्रवाह स्थगन भएको मालपोत कार्यालय बैतडीले जनाएको छ ।
जनशक्ति अभावका कारण कार्यालयका सेवा स्थगन भएका मालपोत कार्यालय बैतडीका प्रमुख कमलापति भट्टले बताए । कार्यालयले अर्काे सूचना प्रकाशन नहुँदा सम्मका लागि सेवा बन्द भएको सूचना मार्फत जनाएको छ ।
मंगबलार जारी सूचनामा कार्तिक ३० गते देखि कर्मचारी अभावमा कार्यालयका अत्यावश्यक बाँहेकका सेवा स्थगन भएका जनाएको हो । यस्तै कर्मचारी चुनावमा खटिएपछि जिल्ला प्रशासन कार्यालय बैतडीका सेवा पनि बन्द छन् ।
प्रकाशित मिति: बुधबार, कात्तिक ३०, २०७९ १३:२३
प्रतिक्रिया दिनुहोस्




