Sagun Khabar
प्रधानमन्त्री  देउवा बैतडी  शिवनाथको  सुल्लेखानमा 

बैतडी - प्रधानमन्त्री शेर बहादुर देउवा आज बैतडी पुगेका छन् । नेपाली काँग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री देउवा चुनावी सभालाई सम्बोधन गर्न बैतडी आएका हुन् । 

देउवा सत्ता गठबन्धले शिवनाथ गाउँपालिकाको सुल्लेखानमा आयोजना गरेको चुनावी सभामा पुगेका छन् । भर्खर देउवा चुनावी सभा स्थल सुल्लेखान पुगेका  नेपाली काँग्रेस बैतडीका सचिव देव राज जोशीले जानकारी दिए । 

देउवाले  दिउँसो १ बजे चुनावी सभालई सम्बोधन गर्ने कार्यक्रम रहेपनि  केहि ढिलो पुगेका हुन् । देउवा संगै नेकपा माओवादी केन्द्रका सुदूरपश्चिम प्रदेश इन्चार्ज खगराजा भट्ट पनि  बैतडी पुगेका छन् । केहिबेरमै देउवाले  चुनावी सभालाई  सम्बोधन गर्ने  कार्यक्रम रहेको छ ।

मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावको प्रचारप्रसारका लागि देउवा फेरि सुदूरपश्चिम आएका हुन् । कार्तिक २३ गते पनि देउवाले पाटनको चुनावी सभालाई सम्बोधन गरेका थिए । 

प्रकाशित मिति: बुधबार, कात्तिक ३०, २०७९  १४:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update