Sagun Khabar
तल्लो सोराडका समस्या समाधान गछौँः देउवा 

बैतडी - प्रधानमन्त्री शेरबहादुर देउवाले पञ्चेश्वर परियोजना अगाडि बढाउने आश्वासन दिएका छन् । बैतडीको शिवनाथ गाउँपालिकाको सुल्लेखानमा आयोजित सत्ता गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले स्वारडबासीलाई पञ्चेश्वर योजना अगाडि बढ्ने आश्वासन दिएका हुन् ।

देउवाले भारतीय प्रधानमन्त्री मोदी पनि पञ्चेश्वर परियोजना अगाडि बढाउने कुरामा सकरात्मक रहेको सुनाए । पानी र  बिजुली  बेचेर  नेपाल धनि बन्न सक्ने  भन्दै उनले योजना अगाडि बढे यो ठाउँको  विकास हुने  बताए । 

पहिले भन्दा अहिले धेरै विकास भएको भन्दै उनले अझै अधुरा विकास निर्माणका कार्य अगाडि बढाउने बताएका हुन् । उनले अर्काे प्रसंगमा बोल्दै देश महत्वपूर्ण मोडमा उभिएकाले गठबन्धनले जित्न आवश्यक रहेको बताए । द्वारीकादेवि ठकुरानीको ठाउँमा फेरी आउँदा खुसि लागको भन्दै देउवाले  गठबन्धनका उम्मेदवारलाई जिताउन आग्रह गरेका छन् । यहाँको विकासका लागि आफु प्रतविद्ध रहेको  भन्दै  उनले गठबन्धनलाई जिताउन आग्रह गरेका हुन् 

यस्तै  कार्यक्रममा  बोल्दै  माओवादी  केन्द्रका सुदूरपश्चिम प्रदेश इन्चार्ज खगराज भट्टले  स्वराडको  विकासका लागि गठबन्धनले जित्न आवश्य रहेको  बताएका छन् । चुनावी सभालाई सम्बोधन गर्दै  उनले यहाँका समस्या आफुलाई  थाहा भएको  भन्दै  गठबन्धले  जिते यहाँको  मुहार फेरिने  बताए।

 यहाँ तमाम समस्या भएको  औल्याँदै  माओवादी नेता भट्टले  विकास र समृद्धिका लागि गठबनधनलाई भोट दिन अपिल गरेका छन् ।  

प्रकाशित मिति: बुधबार, कात्तिक ३०, २०७९  १६:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update