बैतडी- बैतडीमा एकीकृत समाजवादी नगर कमिटि अध्यक्ष सहित १० जना एमालेमा प्रवेश गरेका छन् । बुधबार एकिकृत समावादी मेलौली नगरकमिटी अध्यक्ष चन्द्र प्रकाश ओझा सहित १० जना नेकपा एमालेमा प्रवेश गरेका हुन् ।
मेलौलीमा आयोजित चुनावी कार्यक्रममा एस नगर कमिटि अध्यक्ष ओझा ,कांग्रेस मेलौली नगर कार्य समिति सचिव सुरेन्द्र भट्ट सहित १० जना एमाले प्रवेश गरेका नेकपा एमालेका जिल्ला कमिटि सचिवालय सदस्य तथा मेलौली नगरकमिटी सह ईन्चार्ज बलभद्र दयालले जानकारी दिए ।
उनका अनुसार ८ जना काँग्रेस , १÷१ जना एस र माओवादीबाट एमालेमा प्रवेश गरेका छन् । विभिन्न पार्टी परित्याग गरि आएका नेता कार्यकर्ताकालाई स्वागत गरिएको उनले बताए । एमालेका प्रदेश कमिटि सदस्य लक्षमण भट्ट , मैलौली नगरकमिटि इन्चार्ज जगदिश सिंह नायकले अबिर र फूलमाला लगाएर एमाले प्रवेश गरेकालाई स्वागत गरेका हुन् ।




