Sagun Khabar
जिल्ला अस्पताल बैतडीमा शुक्रबार   विशेषज्ञ डाक्टर  आउने 

बैतडी- जिल्ला अस्पताल बैतडीमा  विशेषज्ञ डाक्टर  आउने  भएका छन् ।  जिल्ला अस्पताल बैतडीमा  मंसिर  २ गते  शुक्रबार  डडेल्धुरा अस्पतालबाट  बरिष्ठ  शल्यक्रिया चिकित्सक आउने  भएका हुन् ।

डडेल्धुरा अस्पतालका बरिष्ठ  शल्यक्रिया चिकित्सक जनरल सर्र्जन डाक्टर दिवान श्रेष्ठ भोलि बैतडी  आउने जिल्ला अस्पताल बैतडीका सूचना अधिकारी हरिश प्रशाद पन्तले जानकारी  दिए ।

हात खुट्टाको अप्रेसन , हर्निया ,हाइड्रोसिल र मासुपलाएको  जस्ता समस्याभएकाले  सेवा लिन सक्ने  उनले  बताए ।  विशेषज्ञ डाक्टर  आउने  भन्दै  जिल्ला अस्पतालले  समस्या भएकालाई सेवा लिन   आग्रह गरेको छ  । 

प्रकाशित मिति: बिहीबार, मंसिर १, २०७९  ०९:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update