Sagun Khabar
बैतडीका उम्मेदवारहरु भोट माग्न अन्तिम कसरतमा 

बैतडी- बैतडीका उम्मेदवारहरु भोट माग्न अन्तिम कसरतमा जुटेका छन् । आफ्ना पक्षमा मत माग्न उम्मेदवार आज अन्तिम प्रचारप्रसारमा छन् । राति १२ बजेदेखि चुनाव प्रसारप्रसार गर्न नपाइने भएपछि उम्मेदवारहरु अहिले अन्ति प्रचारमा रहेका  हुन् ।

निर्वाचन आयोगले आउँदो आइतवार मंसिर ४ गते हुने चुनावका लागि आज राति १२ बजेदेखि प्रचारप्रसार निषेध गरेकाले भोट माग्ने काम तिब्र पारिएको उम्मेदवारहरुले बताए । आज राति १२ बजेदेखि स्थिर समय सुरु हुने जिल्ला बैतडीका सहायक निर्वाचन अधिकृत तिर्थ राजा अचार्यले जानकारी दिए ।

४८ घण्टा अघिदेखि चुनाव प्रचारप्रसारलगायत गतिविधि सञ्चालनमा निर्वाचन आचारसंहिताले निषेध गरेको उनले  बताए । यस्तै मतदान केन्द्रबाट ३ सय मिटर वरिपरि कुनै पनि दल वा उम्मेदवारको प्रचारप्रसार सामग्री भए तत्काल हटाउनुपर्ने, चुनावको वातावरण बिथोलिने कुनै पनि किसिमको सभा, सम्मेलन, भोजभतेरलगायत कार्यलाई पूर्ण रूपमा निषेध गरिएको उनले बताए ।

यस्तै, सामाजिक सञ्जाल, अनलाइन वा अन्य कुनै पनि छापाबाट राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै पनि सन्देश, सूचना, प्रसारण तथा सामग्री पोस्ट गर्ने, सेयर गर्ने, लाइक गर्ने, कमेन्ट गर्नेलगायतका सबै कुराहरू निषेध गरिएको छ ।

बैतडीमा पनि चुनावको  तयारी अन्तिम चरणमा पुगेको बताइएको  छ । बैतडीबाट संघका लागि  ११ जना उम्मेदवार छन् । यस्तै   प्रदेश क मा ६ र  प्रदेश सभा ख मा  ५ जना उम्मेदवार  रहेका छन् । 

प्रकाशित मिति: बिहीबार, मंसिर १, २०७९  ११:११
प्रतिक्रिया दिनुहोस्
Weather Update