Sagun Khabar
भारतसंग सीमा जोडिएको बैतडीको  झुलाघाट नाका  बन्द

बैतडी- भारतसंग सीमा जोडिएको बैतडीको  झुलाघाट नाका  बन्द  भएको छ । प्रतिनिधि र  प्रदेश सभा निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण एवं भयरहित बतावरणमा सम्पन्न गर्नका लागि हिजो  राती १२ बजे  देखी सीमा नाका बन्द गरिएको हो ।

निर्वाचनलाई ध्यानमा राखेर  बिहीवार  राती १२ बजे देखि मंसिर ४ गते राती  १२ बजे सम्मका लागि  झुलाघाट नाका  बन्द भएको  प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले बताए । चुनावको अवधिमा पूर्ण रुपमा आवतजावत बन्द गरिएको उनले बताए ।

निर्वाचनलाई स्वच्छ र भयरहित वातावरणमा सम्पन्न गर्न भारतसँग सीमा जोडिएको बैतडीमा सुरक्षा व्यवस्था पनि कडा पारिएको छ । अन्तर्राष्ट्रिय नियम अनुसार नै चुनावको समयमा सीमा नाका बन्द गर्ने गरिएको छ । 

प्रकाशित मिति: शुक्रबार, मंसिर २, २०७९  ०८:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update