Sagun Khabar
चुनावका दिन बैतडीमा सार्वजनिक सवारी साधन सञ्चालन नहुने 

बैतडी- बैतडीमा चुनावका दिन सार्वजनिक सवारी साधन सञ्चालन गर्न नपाइने भएको छ । मंसिर ४ गते आइतबार प्रतिनिधि र प्रदेश सभा निर्वाचनका दिन सार्वजनिक सवारी साधन सञ्चालन गर्न नपाइने जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ ।

मतदानको दिन एम्बुलेन्स, शववाहन, दमकल, फलफूल तथा विद्युत सेवाका लागि प्रयोग हुने सवारी साधन,फोहोर मैला ओसारपोसार गर्ने सवारी साधन, आकस्मिक बिरामी बोकेका गाडी बाँहेक अरु गाडी सञ्चालन गर्न  नपाइने जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिए ।

मतदानको दिन अत्यावश्यक सवारी साधन बाँहेक अन्य सवारी साधन सञ्चालन गर्न नपाइने उनले बताए । माथिको आदेश अनुसार आफुले मापदण्ड कार्यान्वयका लागि सूचना जारी गरेका उनको भनाई छ । यस्तै उम्मेदवार, उम्मेदवारको एक जना निर्वाचन प्रतिनिधिले पास लिनुपर्ने र पास लिएका गाडी मात्रै सञ्चालन हुने बताइएको छ ।

पास लिएका गाडीमा पनि परिचयपत्र बाँहेकका व्यक्ति, मतदाताहरुलाई बोक्न पाइने छै्न भने मतदान केन्द्रमा गाडि लैजान पाइने छैन् । अत्यावश्यक बाँहेकका सवारीसाधानहरु मतदनाको दिन बिहान ५ बजे देखि बेलुकी ५ बजे सम्म निषेध गरिएको सूचना अधिकारी भारतीले बताए ।

मतदानको दिन कसैले मापदण्ड विपरित सवारी साधन प्रयोग गरेको  पाइएमा कारबाही गरिने जिल्ला प्रशासन कार्यालय  बैतडीले जनाएको  छ । 

प्रकाशित मिति: शुक्रबार, मंसिर २, २०७९  ११:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update