Sagun Khabar
जिल्ला कमाण्ड पोस्टद्वारा बैतडीका मतदान केन्द्रहरूमा निरीक्षण

बैतडी- बैतडीको कमाण्ड पोस्टले मतदान केन्द्रहरूमा स्थलगत निरीक्षण गरिरहेको छ । प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीको नेतृत्वमा जिल्ला कमाण्ड पोस्टले स्थलगत निरीक्षण गरिरहेको हो ।

बिहीवार दशरथचन्द नगरपालिका  भित्रका मतदान केन्द्रहरूमा निरीक्षण गरेको जिल्ला कमाण्ड पोस्टले आज दोगडाकेदार गाउँपालिका र डिलाशैनी  गाउँपालिकाका मतदान केन्द्रहरूको  निरीक्षण गरेको  छ ।

बैतडी जिल्लाका २१० मतदान केन्द्रहरूमा मतदान अधिकृत तथा सुरक्षा निकायहरु खटिसकेको अवस्थामा मतदान अधिकृत लगायतको टोली समयमै खटिएको स्थानमा पुगे नपुगेको यकिन गर्न आकस्मिक स्थलगत निरीक्षण भइरहेको प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले बताए ।

निरीक्षण गरेका मतदान केन्द्रहरूमा मतदान अधिकृत लगायतको टोली समयमै पुगेर  निर्धारित कार्यहरू समेत सम्पन्न गरेको पाइएको उनले  बताए । कतिपय ठाउँमा सर्बदलिय बैठक बसेर मतदान केन्द्रहरुको  निर्माण कार्य भइरहेको  पाइएको प्रमुख जिल्ला अधिकारी पन्थीले बताए ।

स्थलगत निरीक्षणमा प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुखहरुको  सहभागिता रहेको छ  । 

प्रकाशित मिति: शुक्रबार, मंसिर २, २०७९  १४:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update