बैतडी- बैतडीको एक मतदान केन्द्रमा सबै अपाङगता भएका कर्मचारी छन् । जिल्लाको दशरथचन्द नगरपालिका ८ को त्रिपुरा सुन्दरी स्वास्थ्य चौकीमा रहेको मतदान केन्द्रमा सबै अपाङगता भएका कर्मचारीहरु खटिएका हुन् ।
मतदान अधिकृत , सहायक मतदान अधिकृतसहित सबै अपाङगता भएका कर्मचारीहरु खटिएका बैतडीका सहायक निर्वाचन अधिकारी तिर्थ राज आचार्यले बताए । उनिहरुको अवस्थालाई हेरेर सतर्कता अपनाइएको र कुनै समस्या आए अन्य कर्मचारीहरु खटाइने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
आफुहरुको मागका आधारमा मुख्य निर्वाचन अधिकृतको कार्यालयले जिम्मेवारी प्रदान गरेको र निर्वाचन गर्न आफुहरु सक्षम रहेका खटिएका कर्मचारीहरुको भनाई छ । यो मतदान केन्द्रमा ८ सय ७ मतदाता रहेका छन ।
१ लाख ५० हजार १ सय ५६ मतदाता रहेको बैतडीमा २ सय १० ओटा मतदान केन्द्रहरु छन् भने एक अस्थायी मतदान केन्द्र रहेको छ ।




