Sagun Khabar
बैतडीः चुनावको सुरक्षा तयारी पूरा, २ हजार सुरक्षाकर्मी परिचालन

बैतडी- बैतडीमा चुनावको सुरक्षा तयारी पूरा भएको छ । भोलि हुने  प्रतिनिधिसभा र प्रदेशसभा सदस्य चुनावलाई भयरहित वातावरणमा सम्पन्न गर्न सम्पूर्ण सुरक्षा तयारी पूरा भएको जिल्ला प्रहरी कार्यालय  बैतडीका प्रहरी निरीक्षक प्रहरी प्रवक्ता लोक राज जोशीले बताए ।

आइतबार हुने  निर्वाचानका लागि  सबै मतदान केन्द्रमा सुरक्षा व्यवस्ता कडा पारिएको उनले बताए । निर्वाचनको सुरक्षाका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र म्यादी प्रहरीसहितको सुरक्षा टोली खटिएको प्रहरी प्रवक्ता जोशीले बताए । केन्द्रिय सुरक्षा योजना बमोजिम जिल्ला सुरक्षा योजना तर्जुमा गरेर सबै मतदान केन्द्रमा सुरक्षा योजना चुस्त पारिएको बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थी बताए । 

निर्वाचनको सुरक्षाका लागि बैतडीमा करिब दुइ हजार सुरक्षाकर्मी परिचालन भएका बताइएको छ ।निर्वाचनको सुरक्षाका लागि सुरक्षाकर्मी मतदान केन्दमा पुगि सकेका बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरिक्षक प्रेम बहादुर शाहीले बताए । 

सुरक्षा व्यवस्था कडा पारिएको भन्दै उनले निर्धक्क भएर मतदान गर्न बैतडीबासीलाई आग्रह गरेका छन् । निर्वाचनको सुरक्षाका लागि प्रहरी २४ सै घण्टा  खटिएको  उनको  भनाई  छ । यस्तै  निर्वाचनलाई   ध्यानमा राखेर झुलाघाट नाका पनि बन्द गरिएको छ । बिहीवार राती देखि भारत संग सीमा जोडिएको बैतडीको झुलाघाट नाका बन्द गरिएको हो ।

निर्वाचन अवधि भर सीमानाकाबाट आवागमन बन्द गरिएको छ । बैतडीमा २ सय १० ओटा मतदान केन्द्रहरु छन् भने एक अस्थायी  मतदान केन्द्र रहेको छ । जिल्लामा प्रतिनिधि सभा तर्फ एक र प्रदेश सभा सदस्य तर्फ २ गरि ३ सिटका लागि भोलि निर्वाचन हुँदै छ । जिल्लामा १ लाख ५० हजार  १ सय ५६ मतदाता छन् । 

प्रकाशित मिति: शनिबार, मंसिर ३, २०७९  ०९:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update