Sagun Khabar
बैतडीः मतदान केन्द्रहरुमा धमाधम बुथ निर्माण गरिँदै 
तस्बिरः प्रकाश महरा,सुर्नया २

बैतडी- निर्वाचनका लागि बैतडीका मतदानस्थल तथा केन्द्रहरुमा बुथ बनाउने काम भईरहेको छ । प्रतिनिधि र प्रदेश सभा निर्वाचनको मतदानका लागि जिल्लाका सबै ठाउँमा बुथ निर्माणको काम धमाधम भईरहेको हो ।

भोलि हुने मतदानका लागि बुथ निर्माणको काम भईरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । जिल्लाका सबै मतदानकेन्द्रमा बुथ निर्माणको काम भईरहेको बैतडीका  सहायक निर्वाचन अधिकारी तिर्थ राज आचार्यले बताए ।

मतदान केन्द्रमा बुथ बनाउने काम भईरहेको सुर्नया २ मा खटिएका कर्मचारी प्रकाश सिंह महराले जानकारी दिए । सुरक्षाकर्मी, कर्मचारी  र स्वयंसेवकले  मतदानकेन्द्रमा बुथ निर्माणको काममा जुटेका उनले बताए ।

मतदान गर्न जाने र फर्कने बाटो अलग–अलग हुने गरेर बुथ निर्माणको काम भईरहेको छ । जिल्लामा २ सय १० मतदान केन्द्र रहेका छन् । भोलि बिहान ७ बजे देखि मदान सुरु हुने छ । जिल्लाका २ सय १० ओटा मतदान केन्द्रमा १ हजार ६ सय ८४ कर्मचारी खटिएका छन् ।

प्रकाशित मिति: शनिबार, मंसिर ३, २०७९  १२:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update