बैतडी- बैतडीमा पनि निर्वाचनको तयारी पूरा भएको छ । भोलि हुने संसदीय चुनावको जिल्लामा सबै तयारी पुरा भएको हो ।
जिल्लाका सबै ठाउँमा निर्वाचनको तयारी पूरा भएको मुख्य निर्वाचन अधिकृत जयान्नद पनेरुले जानकारी दिए । जिल्लाका सबै मतदान केन्द्रमा भोलि हुने निर्वाचनको तयारी पूरा भएको उनले बताए ।
जिल्लामा निर्वाचनको सबै तयारी पूरा भएकाले ढुक्क भएर मतदान गर्न मतदाताहरुलाई आग्रह गरिएको छ । भोलि बिहान ७ बजेदेखि मतदानमा सरीक भई आफ्नो मताधिकार प्रयोग गर्न मुख्य निर्वाचन अधिकृत पनेरुले आग्रह गरेका छन् ।
जिल्लाका सबै ठाउँमा सुरक्षा व्यवस्था चुस्तदुरुस्त रहेकाले निर्धक्क र भयरहित वातावरणमा मतदान गर्न प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले आग्रह गरेका छन् । जिल्लाका सबै ठाउँमा निर्वाचन सुरक्षा योजना अनुसार करिब २ हजार सुरक्षाकर्मी परिचालन गरिएका छन् ।




