बैतडीमा ८४ बर्षीय वृद्धले गरे मतदान
बैतडी –बैतडीमा ८४ बर्षीय एक जना वृद्धले मतदान गरेका छन् । जिल्लाको दशरथचन्द नगरपालिका ८ मौनीगाउँमा ८४ बर्षीय शेरसिंह धामीले मतदान गरेका हुन् । त्रिपुरासुन्दरी स्वास्थ्यचौकी मतदान केन्द्रमा पुगेर धामीले मतदान गरेको सहायक मतदान अधिकृत लक्ष्मी बिष्टले बताइन् ।
जीवनको उत्तराद्र्धमा समेत आफ्नो मत मार्फत आफ्ना जनप्रतिनिधि छान्ने अवसर पाएको भन्दै धामीले खुसी व्यक्त गरेका छन् । जेष्ठ नागरिक धामीबाटै सो मतदान केन्द्रमा मतदान शुरु गरिएको सहायक मतदान अधिकृत बिष्टले बताइन् । देशभर जस्तै बैतडीमा पनि बिहान ७ बजेदखि मतदान भइरहेको छ ।
प्रकाशित मिति: आइतबार, मंसिर ४, २०७९ ०८:१५
प्रतिक्रिया दिनुहोस्




