बैतडीमा ११३ बर्षीया वृद्धाले गरिन् मतदान
बैतडी –बैतडीमा ११३ बर्षीया वृद्धाले मतदान गरेकी छिन् । जिल्लाको पाटन नगरपालिका ४ की मानमतीदेवी भट्टले मतदान गरेकी हुन् ।
पाटन नगरपालिका ४ स्थित उदयदेव आधारभूत विद्यालय मतदानस्थलमा पुगेर भट्टले मतदान गरेकी हुन् । देशले राम्रो प्रतिनिधि पाओस भनेर आफूले मतदान गरेको उनले सुनाइन् । धेरै निर्वाचनमा आफूले भोट हालिसकेको बताउँदै भट्टले निर्वाचित हुने जनप्रतिनिधिहरुले नागरिकका समस्या समाधान गर्नुपर्नेमा उनले जोड दिइन् ।
प्रकाशित मिति: आइतबार, मंसिर ४, २०७९ ०९:४७
प्रतिक्रिया दिनुहोस्





