Sagun Khabar
बैतडीमा ५ जना कैदीबन्दीले मतदान गरे 

बैतडी –बैतडीमा ५ जना कैदीबन्दीले मतदान गरेका छन् । जिल्ला कारागारमा राखिएको अस्थायी मतदान केन्द्रबाट उनीहरुले मतदान गरेका मतदान अधिकृत खगेन्द्र भारतीले जानकारी दिए । मतदाता नामावलीमा नाम भएका कैदीबन्दीहरु मतदान गर्न पाएका हुन् ।

यस्तै सोही मतदान केन्द्रबाट मुख्य निर्वाचन अधिकृत जयानन्द पनेरु, प्रमुख जिल्ला अधिकारी सुरेश पन्थी लगायतले मतदान गरेका छन् । जिल्लामा एक मात्रै अस्थायी मतदान केन्द्र राखिएको छ ।  
 

प्रकाशित मिति: आइतबार, मंसिर ४, २०७९  ११:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update