बैतडीमा ९९ बर्षीया वृद्धाद्वारा मतदान
बैतडी – बैतडीमा ९९ बर्षीया वृद्धाले मतदान गरेकी छिन् । जिल्लाको मेलौली नगरपालिका २ सलेनाकी ९९ बर्षीया मानमती जोशीले मतदान गरेकी हुन् । धर्मघर मावि सलेना मतदान केन्द्रबाट उनले मतदान गरेकी हुन् ।
यस्तै कञ्चनपुरमा ९४ वर्षीया वृद्धाले मतदान गरेकी छिन् । जिल्लाको दोधारा चाँदनी नगरपालिका–७ कि ९४ वर्षीया द्रोपती तिवारीले मतदान गरेकी हुन् । उनले दोधारा चाँदनी–७ बाबाथानस्थित लक्ष्मी माध्यमिक विद्यालय मतदान केन्द्रबाट मतदान गरेकी हुन् ।
प्रकाशित मिति: आइतबार, मंसिर ४, २०७९ १२:१६
प्रतिक्रिया दिनुहोस्




