बैतडीमा १ बजे सम्म २५ प्रतिशत मत खस्यो
बैतडी – बैतडीमा दिउँसो १ बजे सम्म २५ प्रतिशत मत खसेको छ । प्राप्त जानकारी अनुुसार जिल्लामा दिउँसो १ बजे सम्म २५ प्रतिशत मत खसेको प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले बताए ।
जिल्लामा बिहानैबाट शान्तिपूर्ण तरिकाले मतदान भइरहेको पनि उनले बताए । जिल्लाका २ सय १० ओटै मतदान केन्द्रमा शान्तपूर्ण रुपमा मतदान भइरहेको प्रमुख जिल्ला अधिकारी पन्थीले बताए ।
जिल्लामा यो चुनावको लागि १ लाख ५० हजार १ सय ५६ मतदाता रहेका छन् भने एउटा प्रतिनिधिसभा क्षेत्र रहेको छ । प्रतिनिधि सभाको एक सीटका लागि ११ जना चुनावी मैदानमा रहेका छन् ।
यस्तै दुईओटा प्रदेश सभा क्षेत्र रहेको बैतडीमा (क) क्षेत्रमा ६ जना र (ख) क्षेत्रमा ५ जना चुनावी मैदानमा रहेका छन् ।
प्रकाशित मिति: आइतबार, मंसिर ४, २०७९ १३:३७
प्रतिक्रिया दिनुहोस्




