बैतडीमा दुई जना किरियापुत्रीले गरे मतदान
बैतडी – बैतडीमा दुई जना किरियापुत्रीले मतदान गरेका छन् । जिल्लाको दशरथचन्द नगरपालिका १ स्थित शोभा मावि मतदान केन्द्रमा दुईजना किरियापुत्रीले मतदान गरेका स्थानीय उमेश बडूले बताए ।
दशरथचन्द नगरपालिका १ का परामनन्द भट्ट र नवराज भट्ट आफ्नी आमाको किरियामा बसेका बेला मतदान गर्न मतदान केन्द्र सम्म पुगेका हुन् । ५ बर्षका लागि प्रतिनिधि छान्ने अवसर भएकाले आफूहरुले मतदान गरेको उनीहरुले बताएका छन् । भट्टकी आमाको दुई दिन अघि मात्रै मृत्यु भएको थियो ।
प्रकाशित मिति: आइतबार, मंसिर ४, २०७९ १५:१८
प्रतिक्रिया दिनुहोस्




