Sagun Khabar
बैतडीमा ३ बजे सम्म ३५ प्रतिशत मत खस्यो 

बैतडी – बैतडीमा दिउँसो ३ बजे सम्म ३५ प्रतिशत मत खसेको छ । प्राप्त जानकारी अनुुसार  जिल्लामा दिउँसो ३ बजे सम्म ५३ हजार ४४६ अर्थात ३५.६ प्रतिशत मत खसेको प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले बताए । 

जिल्लामा बिहानैबाट शान्तिपूर्ण तरिकाले मतदान भइरहेको पनि उनले बताए । जिल्लाका २ सय १० ओटै मतदान केन्द्रमा शान्तपूर्ण रुपमा मतदान भइरहेको प्रमुख जिल्ला अधिकारी पन्थीले बताए । 

जिल्लामा यो चुनावको लागि १ लाख ५० हजार १ सय ५६ मतदाता रहेका छन् भने एउटा प्रतिनिधिसभा क्षेत्र रहेको छ । प्रतिनिधि सभाको एक सीटका लागि ११ जना चुनावी मैदानमा रहेका छन् । 

यस्तै दुईओटा प्रदेश सभा क्षेत्र रहेको बैतडीमा (क) क्षेत्रमा ६ जना र (ख) क्षेत्रमा ५ जना चुनावी मैदानमा रहेका छन् । 
 

प्रकाशित मिति: आइतबार, मंसिर ४, २०७९  १५:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update