बैतडीमा प्रहरी बोकेको जिप दुर्घटना
बैतडी –बैतडीमा प्रहरी बोकेको जिप दुर्घटनामा परेको छ । दशरथचन्द राजमार्ग अन्तर्गत पाटन नगरपालिका ४ निङलाडी खोला भन्ने स्थानमा से १ ज ८५४ नम्बरको जिप दुर्घटनामा परेको हो ।
मतपेटिका पुर्याएर फर्कदै गरेको प्रहरी टोली सवार जिप दुर्घटनामा परेको हो । जिप सडकबाट करीब ३ सय मिटर तल खसेको छ । घटनामा केही हातहाती भएको हुन सक्ने बताइएको छ । घटनाको थप विवरण आउन बाँकी रहेको छ ।
प्रकाशित मिति: सोमबार, मंसिर ५, २०७९ ०७:३७
प्रतिक्रिया दिनुहोस्




