Sagun Khabar
बैतडीको पाटनमा प्रहरी सवार जिप दुर्घटना (फोटो फिचर) 

11669002799.jpgबैतडी –बैतडीमा सोमबार बिहान प्रहरी सवार जिप दुर्घटनामा परेको छ । दशरथचन्द राजमार्ग अन्तर्गत पाटन नगरपालिका ४ निङ्लाडी खोला भन्ने स्थानमा से १ ज ८५४ नम्बरको जिप दुर्घटनामा परेको हो । दुर्घटनामा परेर जिपमा सवार रहेका मध्ये घटनास्थलमै मृत्यु भएका ३ जनाको शव निकालिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले बताए । एकजनाको शव पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा रहेको जनस्वास्थ्य निरीक्षक प्रेमसागर भट्टले बताए । मृतकको सनाखत हुन बाँकी रहेको छ ।  

51669002847.jpg

दुर्घटनामा परी गम्भीर घाइते भएका ४ जनालाई हेलिकप्टर मार्फत थप उपचारका लागि नेपालगञ्ज लगिएको छ भने ६ जनाको प्राथमिक स्वास्थ्य केन्द्रमा पाटनमा उपचार भइरहेको छ । 

41669002845.jpg
जिप सडकबाट करीब ३ सय मिटर तल खसेको छ । घटनाको कारण भने खुल्न नसकेको प्रहरीले जनाएको छ । 

21669002837.jpg

प्रकाशित मिति: सोमबार, मंसिर ५, २०७९  ०९:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update