Sagun Khabar
बैतडीमा मतपेटिका सदरमुकाम पुर्याइयो, आजैदेखि मतगणना गर्ने तयारी 

बैतडी –आइतबार सम्पन्न भएको संसदीय निर्वाचन अन्तर्गत बैतडीका २ सय १० ओटै मतदान केन्द्रबाट मतपेटिका सदरमुकाम पुर्याइएको छ । सबै केन्द्रका मतपेटिका पुगिसकेका र अहिले मतपेटिका बुझ्ने काम भइरहेको सहायक निर्वाचन अधिकृत तीर्थराज आचार्यले जानकारी दिए । 

मतपेटिका बुझ्ने काम सकिएपछि सर्वदलीय बैठकको आयोजना गर्ने र बैठकको निर्णय अनुसार मतगणना शुरु गर्ने आचार्यले जानकारी दिए । 

बैतडीमा ५२.१९ प्रतिशत अर्थात ७८ हजार ३६९ मत खसेको मुख्य निर्वाचन अधिकृत जयानन्द पनेरुले बताए । 

जिल्लाका २ सय १० ओटै मतदान केन्द्रमा ३८ हजार २७७ पुरुष र ४० हजार ९२ महिला मतदाताले मतदान गरेका छन् । बैतडीमा यो निर्वाचनका लागि १ लाख ५० हजार १५६ मतदाता रहेका थिए ।
 

प्रकाशित मिति: सोमबार, मंसिर ५, २०७९  ०९:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update