Sagun Khabar
बैतडीमा बस्यो सर्वदलीय बैठक

बैतडी- बैतडीमा सर्वदलीय बैठक   सुरु भएको  छ । मतगणनाका लागि  मुख्य निर्वाचन अधिकृतको  कार्यालयमा बैठक सुरु भएको  हो ।  बैठक पछि मतगणना सुरु हुने मुख्य निर्वाचन अधिकृत जयानन्द पनेरुले बताए । 

बैठकमा सरोकारवाला र   राजनितीक दलका नेताहरुको  सहभागिता रहेको छ । 

बैतडीमा ५२.१९ प्रतिशत अर्थात ७८ हजार ३६९ मत खसेको छ।  जिल्लाका २ सय १० ओटै मतदान केन्द्रमा ३८ हजार २७७ पुरुष र ४० हजार ९२ महिला मतदाताले मतदान गरेका छन् ।

बैतडीमा यो निर्वाचनका लागि १ लाख ५० हजार १५६ मतदाता रहेका थिए ।

प्रकाशित मिति: सोमबार, मंसिर ५, २०७९  १३:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update