बैतडीमा ४ बजेदेखि मतगणना हुने
बैतडी –आइतबार सम्पन्न भएको संसदीय निर्वाचन अन्तर्गत बैतडीमा आज दिउँसो ४ बजेदेखि मतगणना हुने भएको छ । सबै मतदान केन्द्रबाट मतपेटिक सदरमुकाम पुर्याएपछि बसेको सर्वदलीय बैठकले दिउँसो ४ बजेपछि मतगणना गर्ने निर्णय गरेको बैठकमा सहभागी नेपाली कांग्रेस बैतडीका सचिव देवराज जोशीले बताए ।
जिल्ला अस्पतालको नवनिर्मित भवनको हलमा मतगणना हुने बताइएको छ । प्रतिनिधि सभा र प्रदेश सभाको संगसंगै मतगणना हुनेछ । हलमै तीन ठाउँमा मतगणना गरिनेछ ।
बैतडीमा ७८ हजार ३६९ मत खसेको खसेको थियो । बैतडीमा यो निर्वाचनका लागि १ लाख ५० हजार १५६ मतदाता रहेका थिए ।
बैतडीमा प्रतिनिधि सभा सदस्यको एकसीटका लागि ११ जना चुनावी मैदानमा रहेका छन् । यस्तै प्रदेश सभा (क)मा ६ जना र प्रदेश सभा (ख)मा ५ जना चुनावी मैदानमा रहेका छन् ।
प्रकाशित मिति: सोमबार, मंसिर ५, २०७९ १४:३२
प्रतिक्रिया दिनुहोस्




